खोप लगाउनु जानू नमाने तानेर लैजानुस : अध्यक्ष चौधरी

  • फाल्गुन ९, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

बिरेन्द्र बजार, ८ फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले आफ्ना सन्तानलाई नियमित खोप लगाउनु नजाने अभिभावकलाई तानेर लगेर विभिन्न रोग विरुद्धको खोप बालबालिका लाई लगाउन निर्देशन दिएका छ्न । अग्निसाईर कृष्णासवरन गाउँपालिका स्वस्थ्य शाखाद्वारा गाउँपालिकाको सभाहलमा बिहिवार आयोजित दादुरा-रुवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले स्वास्थ्यकर्मीहरुलाई यस्तो निर्देशन दिएका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले स्वास्थ्य जस्तो अति आबश्यक र महत्वपूर्ण कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । खोपले रोगबाट सुरक्षित र जिबनको रक्षा गर्छ अध्यक्ष चौधरीले भने, खोप लगाउनु नजानेलाई तानेर लगेर लगाउनुस । बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्न कसैलाई छुट छैन । चौधरीले खोप लगाउन नलाने सन्तानका अभिभावकलाई दण्ड सजायको ब्याबस्था गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । सबैको सामुहिक प्रयासले मात्र खोप अभियान सफल हुने भएकोले अभियानमा जुट्न अध्यक्ष चौधरीले सरोकारवालालाई अग्रह गरे । जीवन स्वाथ्य भएमा मात्र समृद्विको कल्पना गर्न सकिने भएकोले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सभन्दा बढी लगानी समेत गरेको चौधरीले बताए ।

गाउँपालिका उपाध्यक्ष मिना चौधरीले खोप अभियानलाई गाउँपालिकाले पुर्णरुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले गाउँपालिकामा स्वास्थ्य शाखाले सबैशाखा भन्दा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा समेत गरिन । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बालबालिकालाई रोगबाट सुरक्षित राख्न खोप आबश्यक रहेको भन्दै स्वास्थ्यकर्मीहरुलाई मुस्कान सहितको सेवा दिन आग्रह गरे । पत्रकार बृजमान तामाङले सरकारले स्वास्थ्यमा लगानी गरे अनुसार उपलब्धि हासिल गर्न नस्क्नु दुर्भाग्य रहेको बताए । सरकारले विभिन्न रोग विरुद्धको खोप र औषधि निशुल्क उपलब्ध गराएपनी आम जनताको बिश्वास जित्नु नसक्नु सरकारको असफलता भएको उनको टिप्पणी रहेको थियो ।

गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य समवन्य समितीका पदाधिकारी, बिधालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयंसेबिका , जनप्रतिनिधि, संचारकर्मी र सरोकारवाला सहभागी कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाले कार्यक्रमको उदेश्य बारे प्रकाश       पारे । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक कमल चौधरीले गरे ।

प्रतिक्रिया