‘सेटिङ्ग’मा शिक्षक भर्ना गर्ने तयारी गरेपछि स्थानीयद्धारा विरोध

  • फाल्गुन ९, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन ९ गते ।
कञ्चनरुप नगरपालिका–३ बरमझिया सुब्बाटोल स्थित शंकरमाध्यामिक विद्यालयले ‘सेटिङ्ग’मा शिक्षक भर्ना गर्ने तयारी गरेपछि स्थानीयहरुले त्यसको विरोध गरेको छ ।
विद्यालयले विद्यालय व्यवस्थापन समितिको गत माघ २५ गतेको निर्णय अनुसार प्रावि तहका लागि तृृतिय श्रेणीमा राहत दरबन्दीमा गत माघ २६ गते नै विज्ञापन गरिएको छ । तर उक्त विज्ञापन सार्वजनिक नै नगरी ‘गोप्य’रुपमा राखेको बताइएको छ ।
बिहीबार दिउसो १ बजे आवेदन दिन जादा विद्यालय बन्द थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा नम्बर ३का वडासदस्य ओमप्रकाश साहका अनुसार वडा कार्यालय समेतमा विज्ञापनको सूचना टाँस नगरिएको बताए ।
वडा नम्बर ३का स्थानीय योगेन्द्र साहले कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रलाई भेटेर सबै पार्दशी हिसाबले शिक्षक छनौट गर्न माँग गरेका छन् । भेटमा नगरप्रमुख मिश्रले शिक्षक छनौट पार्दशी रुपमा हुने जवाफ दिएको साहले अवलोकितलाई जनाए ।
विद्यालयका प्रअका गजेन्द्रप्रसाद चौधरीले विहीबार विद्यालय नजिकै धार्मिक कार्यक्रम भइरहेकोले २ घण्टी पढाएर विद्यालय विदा दिइएको बताए । उनले भने,म नगरपालिका कामले आएको थिए,निम्ति प्रअको जिम्मेबारी दिएर ।’

प्रतिक्रिया