शिव प्रसाद आचार्य
फत्तेपुर,फागुन १० गते । सप्तकोसी नगरपालिका वडा नं. ४ र ५ को सिमाना शुक्रवार शिवरात्रीको अबसरमा विष्णु पान्चायन मन्दिर को समुद्वघाटन गरिएको छ।
सप्तकोसी नगरपालिका वडा नं. ४ र ५ तथा स्थानीय को सहयोग र जन श्रमदान बाट निर्मित मन्दिरको शुक्रबार सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माले मन्दिरको गेटमा रिबन काटेर तथा विष्णु मन्दिर फत्तेपुर का मठाधिश श्री श्री श्री १०८ श्री कृष्ण जि माहाराजले स्थापना गरिएका पाचै भगवानको प्रतिमा अनावरण गरि समुद्वघाटन गरिएको विष्णु पान्चायन मन्दिर निर्माण समिती का अध्यक्ष दुर्गा विष्टले बताए।
प्यागोडाशैलीमा निर्मित उक्त मन्दिरको १२ बर्ष अगाडि स्थानीय एकादसी भजन मन्डलीका सदस्यले भजन किर्तनमा संकलन भएको २५ सय रुपैया बाट मन्दिर बनाउन सुरु गरेको किर्तन मन्डली कि सद्स्य सरस्वती ओझाले बताइन।
प्रतिक्रिया