संगठन बानाउन ब्याक्तिगत सम्बन्ध बढाउनु आबश्यक : यादव

  • फाल्गुन ११, २0७६
  • 0
...

बृजमान तामाङ

बिरेन्द्र बजार, १० फागुन । समाजवादी पार्टीका केन्द्रिय सदस्य एबम सप्तरी क्षेत्र नम्बर १का बिसु अभियान्ता सुर्यानाथ यादवले संगठन बनाउन ब्याक्तिगत सम्बन्ध बढाउनु पर्नेमा जोड दिएका छन । समाजबादी पार्टी अग्निसाई कृष्णासवरन गाउँपालिकाद्वारा जण्डोल स्थित थारु धर्मशालामा शनिबार आयोजित संगठन बिस्तार तथा सुदृढीकरण अभियानको उद्वघाटन गर्दै उनले यस्तो बताए हुन । कार्यक्रम उद्वघाटन कार्यक्रममा बोल्दै यादवले संगठन निर्माणका लागि ब्याक्तिगत सम्बन्ध बिस्तार गर्नु आबश्यक रहेको बताए ।

संगठनका निम्ति नितिगत संगसंगै ब्याक्तिगत सम्बन्ध बिस्तार गर्नु पर्छ यादवले भने जनयुद्ध कालमा संगठन बनाउदा एकजानाबाट शुरु गरि गाउँनै समर्थनमा आउने गर्थ्यो । उनले अधिकार प्रप्तिको लागि आन्दोलनको विकल्प नरहेको भन्दै सोका लागि संगठनमा जोड दिन आग्रह गरे । केन्द्रिय सदस्य जगदेव यादवले पार्टी एकीकरणको संदेश र पार्टीको भाबिरणनितिको तयारी बारे जानकारी गराउन देश ब्यापि बिसु अभियान थालेको बताए ।

समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष रामदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय परिषद सदस्य श्यामदेव यादव, गुणानन्द चौधरी, जिल्ला सदस्य बृजमान तामाङ, अशोक चौधरी , निलेश कुमार झा, राम कुमार चौधरी, दुर्गानन्द चौधरी, दिनेश कुमार साह, परमेश्वरी देबि यादव, ललित नारायण साह लगायतकाले समेत मन्तव्य व्यक्त गरे । कार्यक्रममा रामदेव यादवको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कार्यसमिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया