अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार, १० फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुलीमा शनिबार स्थानीय तहसंगको परियोजना कार्यान्वयन सम्बन्धि एकदिवसीय गोष्ठी आयोजना गरिएको छ । हयाबिटेट फोर ह्युमानिटी नेपालको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बककधुवाले कार्यक्रमको आयोजना गरेको हो । महुली सामुदायिक बिकास केन्द्र बक्धुवाका अध्यक्ष रामलगन मण्डर थारुको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यमा गोष्ठी आयोजना भएको थियो ।
महुली सामुदायिक बिकास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ नम्बर वडाका अध्यक्ष अरुण कुमार चौधरी, खडक नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सिंगेश्वर मण्डल, पत्रकार बृजमान तामाङ लगायतकाले स्थानीय सरकार, हयाबिटेट नेपाल र महुली सामुदायिकले त्रिपक्षिय रुपमा संचालन गरेको परियोजनाको चर्चा गर्दै यसको बिस्तारमा जोड दिए ।
गोष्ठीमा कार्यापालिका सदस्य हिरादेवी सिंह दनुवार, श्रीकुमारी शास्त्री, खडक नगरपालिकाका प्रशासन प्रमुख रमाकान्त चौधरी लगायतकाले समेत सुरक्षित आवास परियोजना बारे धारणा राख्दै परियोजनाको निरन्तरताको आबश्यक्ता औलाए । महुली सामुदायिक बिकास केन्द्र बकधुवाका सहायक निर्देशक एबम कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले गरे भने कार्यक्रमको उदेश्य बारे हयाबिटेट नेपालका फिल्ड अफिस ईन्चार्ज दिनेश बरालले प्रकाश पारे । अग्निसाईर कृष्णा सवरन गाउपालिकाका सम्पुर्ण जनप्रतिनिधि, खडक नगरपालिकाका प्रतिनिधि, परियोजनाका संचालनका कर्मचारी र सरोकारवालाहरु सहभागी गोष्ठीको सहजीकरण हयाबिटेट नेपालका रामप्रकाश सिंह दनुवार, कार्यक्रम अफिसर राजिव कर्ण, महुली सामुदायिकका निर्देशका प्रभु नारायण चौधरीले गरे ।
प्रतिक्रिया