अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार, ११ फागुन । सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकामा समाजवादी पार्टी नगर समितिद्वारा संगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । समाजवादी पार्टीका केन्द्रिय सदस्य एबम सप्तरी क्षेत्र नम्बर १ का अभियान्ता सुर्यनाथ यादवले आइतबार एक समारोहका बिच बिसु अभियानको उद्वघाटन गरेको हो ।
समाजवादी पार्टी हनुमान नगर कंकालिनी नगरपालिकाका अध्यक्ष बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित नगर स्तरीय बिसु अभियान उद्वघाट समारोहमा केन्द्रिय सदस्य जगदेव यादव, संघीय परिषद सदस्य श्यामदेव यादव, गुणानन्द चौधरी, मधेश प्रदेश समिती प्रदेश नम्बर २ का सदस्य भिम बहादुर तामाङ, अमृत साँफीले अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरे ।यसैगरी पुर्व जिल्ला उपाध्यक्ष प्रभानन्द मण्डल, नेता सकिल अलि, जिल्ला सदस्य दिनेश कुमार साह, राजिव पैकरा, बुद्धिजिबि डा. तारानन्द झा, फुलिया देबि मुखिया लगायतकाले समेत मन्तव्य व्यक्त गरे । जिल्ला सदस्य निलेश कुमार झाद्वारा संचालित कार्यक्रममा स्वागत सुरेन्द्र झाले गरे ।
सोही अभियान अन्तर्गत बिरेन्द्र कुमार माझीको नेतृत्वमा ३१ सदस्य नगर समिति समेत गठन गरेको साथै सबै वडा र टोल सम्म अभियान संचालन गर्ने निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया