८४ करोडमा बन्ने रंगशालाको डिपिआर तयार नभएपछि निमार्ण कार्य अन्यौलमा

  • फाल्गुन १२, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,फागुन १२ गते ।
 सप्तरीको कञ्चनरुप नगरपालिका–९मा ८४ करोडको लागतमा बन्ने भनिएको  रंगशालाको डिपिआर समेत बन्न नसकेपछि निमार्ण हुनेमा आशंका बढेको छ ।
    रंगशाला निमार्णको लागि चालु आर्थिक बर्षमा ५ करोड रकम समेत आएको छ । तर नगरपालिकाले समयमा रंगशाला निमार्णका लागि डिपिआर तयार गर्न नसक्दा बिनयोजित बजेट खर्च हुनेमा आशंका छ । नेकपाका एक नेताका अनुसार डिपिआर तयार गरी तत्काल काम अघि बढाउन नगरप्रमुख बसन्तकुमार मिश्रलाई राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेलले समेत आग्रह गरेको छ । तर नगरपालिकाले काम अघि बढाएको छैन । 
नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित भएको हो । तर चालु आर्थिक बर्षमा बजेट खर्च नभए अगामी बर्ष बजेट बिनयोजन हुनेमा शंका छ ।  युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासकालागी गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई पु¥याउने निति अनुसार यहाँ मदन भण्डारी रंगशाला निर्माण गर्न लागेको हो । 
    मन्त्रालयद्वारा रंगशाला निर्माणका लागी शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिसकेको छ । मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स ट्रयाकका साथै दर्शकका लागि आवश्यक प्याराफिट रहने छन् ।
    कंचनरुप नगरपालिकाका ९ मा निर्माण गरिने रंगशालाका लागि नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराइसकेको छ । आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरपालिकाले बताउँदै आएका छन् ।
    रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानिय स्तरबाटै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।
    कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले भने डिपिआर बनाउने प्रक्रियामा रहेको दावी गरे । उनले भने,‘डिपिआर बनाउन कम्तिमा एक ढेड महिना लाग्छ,हामी त्यही काममा लागिरहेका छौं ।’ रगंशालासँगै छैउमा खेलकुद तालिम केन्द्र समेत बनाउने नगरप्रमुख मिश्रले बताए ।
 

प्रतिक्रिया