एसईईको मुखमा अग्रेंजी विषयको शिक्षक नहुदाँ विद्यार्थीहरु मार्कामा

  • फाल्गुन १३, २0७६
  • 0
...

किशाेर पासवान
कञ्चनपुर,पफागुन १३ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित शंकर माध्यमिक विद्यालय सुब्बाटोल बरमझीयामा एसईई नजिकदै अग्रेंजी विषयको पढाई नहुदा विद्यार्थीहरु मार्कामा परेका छन् ।
    सो विद्यालयमा अंग्रेजी विषय लिएर पढाउदै गरेको महेन्द्र यादव शिक्षा सेवा आयोगमा पास भए पछि दुई महिना अगाडीनै गईसकेकोले उक्त विषयको पढाई ठप्प भएको विद्यार्थीहरुको गुनासो रहेका छन ।
    विद्यायलमा अग्रेंजी विषयको शिक्षक नभएर पछि सर्वाेदय माविका शिक्षक अनुज यादवबाट विद्यालयको पठन पाठन समयमा नभई थप समयमा सहयोग लिई आजदेखि पढाई शुरु गर्ने प्र.अ.गजेन्द्र चौधरीले बताए । सो विद्यालयबाट ५५ जना विधार्थीहरु एसईई परिक्षा दिन गईरहेका छन् । अग्रेंजी बिषयका शिक्षक नहुदाँ कक्षा ८ र ९ का विधार्थीको पठन पाठनमा प्रभावित भईरहेको    छ । अहिले उक्त विद्यालयमा कक्षा ८ मा ४२ जना, कक्षा ९ मा ६३ जना र कक्षा १० मा ५५ जना गरि १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्र.अ. चौधरीले बताए । 

प्रतिक्रिया