स्वास्थ्य तथा सरसफाई सम्बन्धी घरदैलो

  • फाल्गुन १३, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कमलपुर,फागुन १३ गते ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित कमलपुरमा एक सामाजिक संस्थाले सोमबार स्वास्थ्य तथा सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम गरेका छन । युरोपियन युनियनको आर्थिक,आसमान नेपालको अगुवाईमा वेल्टहङ्गरहिल्फेको प्राबिधिक सहयोगमा दलित सरोकार मञ्च नेपाल द्वारा संचालित प्रदेश नं.२ मा समाबेशी लोकतन्नका लागि नागरिक      सशक्तीकरण प्रवर्द्धन परियोजना अन्तर्गत राजगढ गा.पा. वडा नं. २ कमलपुरमा दलित जन उत्थान युवा कलव बनैनियाँको अगुवामा वडा भित्र स्वास्थ्य तथा सरसफाई कार्यक्रम  गरी प्या्ली तथा घरदैलो समेत गरिएको हो । क्लवका रामपुकार पासमान,सचिव रिंकु रजक,कोषध्यक्ष जुवेदा खातुन सम्पुर्ण पदाधिकारी तथा वडामा संचालित दिनाभद्री सम्बाद केन्द्रका सम्पुर्ण सदस्यहरु लगायत दलित सरोकार मञ्च नेपाल सप्तरीका सुसाशन सहजकर्ता उपेन्द्र कुमार मरिक तथा परिवर्तन अभिकर्ता प्रमिला मण्डल लगायतको सहभागीता जनाएका थिए । 
 

प्रतिक्रिया