अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार,फागुन १४ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ मा समाजवादी पार्टीको २१ सदस्य वडा कार्य समिति गठन गरेको छ । समाजवादी पार्टी नम्बर २ वडा समितिद्वारा मंलबार आयोजित वडा स्तरीय बिसु अभियानको क्रममा श्याम कुमार चौधरी अध्यक्षतामा २१ सदस्य वडा समिती गठन गरेको हो ।
गठित समितीको उपाध्यक्षमा ईश्वर लाल चौधरी, सचिवमा बिन्देश्वर प्रसाद साह, उप सचिबमा भिम बहादुर राई र कोषाध्यक्षमा सरिता चौधरी सर्वसम्मत चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरूमा भक्त बहादुर तामाङ, संजिमाया तामाङ, सुर्य नारायण खड्गा, रंजुमाया तामाङ, कामु तामाङ, पुलकित चौधरी, ललिता चौधरी, वसन्त कुमार चौधरी, दिनेश कुमार चौधरी, दिनेश कुमार साह, सरिता चौधरी, मंगल प्रसाद चौधरी, ईनरदेव माझी, लगनी देबि खंग, पार्वती देबि खंग रहेका छ्न ।
समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर लाल चौधरीको अध्यक्षता तथा संघीय परिषद सदस्य गुणानन्द चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला सदस्य एबम आग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष राम देव यादव, जिल्ला सदस्यहरू बृजमान तामाङ, दिनेश कुमार साह, अशोक कुमार चौधरी, राम कुमार चौधरी, दुर्गानन्द चौधरी, ललित कुमार साह, पुर्व जिल्ला सदस्य कुशेश्वर प्रसाद चौधरी, गाउँपालिका सह सचिव रेनुका खंग लगायतकाले संगठानिक गतिविधिलाई युद्ध स्तरमा बढाउनु पर्नेमा जोड दिए । समाजवादी पार्टी आग्निसाईर कृष्णासवरन गाउँपालिकाका सचिब मिलन चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यमान तामाङले गरे । कार्यक्रममा फागुन २१ गते देखी ३० गते सम्ममा टोल स्तरीय बिसु अभियान संचालन साथै टोल समिती गठन गर्ने समेत निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया