किशोर पासवान
कञ्चनपुर,फागुन १४ गते । कञ्चनरुप नगरपालिका ३ सुब्बाटोल स्थित शंकर माध्यमिक विद्यालयको शैक्षिक अवस्था लथालिङ्ग छ ।
राजनीति खिचातानीले अवस्था गम्भिर भएपछि विद्यालयमा अध्ययनरतमध्ये आधा विद्यार्थी पनि विद्यालय पढ्न आउदैनन् । गत सोमबार विद्यालयमा अवलोकिको टिम पुग्दा कूल ३ सय ४२ जना विद्यार्थी मध्ये १ सय ७९ विद्याथीहरु विद्यालयमा उपस्थित रहेको देखियो ।
विद्यालयमा कक्षा १मा जम्मा विद्यार्थी १३ जना मध्ये ६ जना उपस्थिती कक्षा २ मा १८ मध्ये ११ कक्षा ३ मा २३ मध्ये १० कक्षा ४ मा ३१ मध्ये १५ जना कक्षा ५ मा २९ मध्ये १३ कक्षा ७ मा ४० मध्ये २४ कक्षा ८ मा ४२ मध्ये २४ कक्षा ९ मा ६३ मध्ये २५ र कक्षा १० मा ५५ मध्ये १५ जना विद्यार्थी उपस्थिति रहेको थियो ।
विद्यालयका प्रअ गजेन्द्र प्रसाद चौधरीका अनुसार विद्यालयमा कार्यालय सहयोगी नभएको कारण विद्यार्थीहरुले नै घण्टी लगाउने देखि लिएर कक्षा कोठा सरसफाई समेत गर्ने गरेको बताए ।
‘म विद्यालयमा प्रअभएर आउनुभन्दा अगाडीका प्रअ दिलिप कुमार गुप्ताकोपालामा कार्यालय सहयोगीका लागि रकम आएको हिनामिना भयो,त्यसकारणले समस्या भएको छ ।’ प्रअ चौधरीका अनुसार फागुन भित्र भित्रमा कार्यालय सहयोगी राख्न प्रयास गर्ने बताए ।
विद्यालयमा शिक्षकहरुले समयमा आउने गरेको छैन । आएका पनि आफनो विषयको घण्टीमा कक्षामा नजाने गरेको स्थानिय उमेश चौधरीले बताए ।
प्रतिक्रिया