अवलोकित सामाचारदाता
राजविराज,फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय मातहत रहेको अस्थायी प्रहरी पोष्ट तेतरीगाछी तथा राजविराज बिधुत बितरण केन्द्रको कर्मचारीहरुको संयुक्त टोलीले मंगलबार बिधुत चुहावट गर्ने ६ जना पक्राउ गरेका छन्।
राजविराज नगरपालकाका विभिन्न एरियाबाट ६ जनालाई पक्राउ गरी बिधुत चुहावट नियन्त्रण बिनियमावली २०५९ अनुसार कार्वाही गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा राजविराज न.पा. ११ बस्ने श्याम कुमार मंडल, नारायण प्रसाद यादव, राजविराज न.पा. १ बस्ने एक राम यादव, न.पा. २ बस्ने मो. अमिन,राजविराज न.पा. १ बस्ने सत नारायण साह र राजविराज न.पा. १ बस्ने दिनेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीले जनाएको छ ।
प्रतिक्रिया