किशोर पासवान
कञ्चनपुर, फागुन १५ गते । सामान्य वर्षामा पनि कञ्चनरुप नगरपालिको मुख्य चौक बेरियरमा जलमग्नभएपछि सर्वसाधरणलाई सास्ती भोग्नु परेको छ ।
मंगलबार राती परेको सामान्य वर्षामा बेरियर स्थित नेपाल बैंक,बोर्डिङ्ग स्कूल,सिर्जना फाइनान्स र सहयोगी सहकारी लगायतका महत्वपूर्ण कार्यालय जाने समस्या भइरहेको छ ।
केही स्थानीय होटल व्यवसायी र व्यक्तिहरुले समेत प्रयोग गरेको पानी सडकमा छोडेपछि थोरै पानी पर्दा समेत जलमग्न भएको हो । पानीको उचित निकास नभएका कारण सडकमै पानी जमेको हो ।
नगरपालिकाका जिम्मेबार व्यक्तिलाई स्थानीयहरुले पटक पटक ध्यानकर्षण गराएपनि कुनै सुनवाई नभएको स्थानीयहरुको गुनासो गरेको छ ।सामान्य वर्षाले सडकमा पानी जमेर बैंक लगायत वित्तिय संस्थाका सेवाग्रहीलाई समस्या भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोजकुमार यादबले बताए ।
‘त्यसो त कञ्चनपुर बेरियरको विकाश गर्न कथित बेरियर विकाश समाज पनि गठन नभएको होइन तर त्यसका अगुवाको पनि चस्माको पावर कम भएर हो कि बेरियरको बेथितिमा केही बोल्दैनन् ।’ स्थानीय सुरेन्द्र माझी (करोडपति)ले भने,‘ ढल निकाशको समस्या नभएर पनि समस्या उत्पन्न भएको छ । थोरै पानी पर्दा त यस्तो छ,ठूलो वर्षामा के होला ? ’
सडकमा पानी जमेको कारण सवारी साधन, पैदल यात्रु तथा वरपर रहेका पसलहरु समेतलाई समस्या भोग्नु परेको स्थनानिय व्यापारी बंजरग सिंहले बताए । सिंहले भने,‘गत एक वर्षदेखी यस्तो समस्या छ,पटकरपटक नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराएपनि वेवास्त गर्दै आएको छ । अव आन्दोलनको विकल्छ छैन ।’
प्रतिक्रिया