अवलाेकित सामाचारदाता
अग्निसाईर कृष्णासवरन गापा, फागुन १६ गते । सप्तरीको महुलीमा शुक्रबार देखी बिपद जोखिम न्यूनीकरण तथा प्रतिरोध सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । हयाबिटेट फर हयुमानिटी नेपाल दिगो समुदाय परियोजनाको सहयोग तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकाको समवन्यमा महुली सामुदायिक बिकास केन्द्रले तालिम आयोजना गरेको हो ।
महुली सामुदायिक बिकास केन्द्रको सभा हलमा आयोजित तालिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, छ्वटै वडाका अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, सुरक्षाकर्मीहरु, बिपद समितिका आबद्ध कर्मचारी, संचारकर्मीहरु र सरोकारवालाहरु सहभागी छ्न । तिन दिन सम्म संचालन हुने तालिमको उदेश्य बारे महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले प्रकाश पारे ।
आइतबार सम्म संचालन हुने तालिमको सहजीकरण भिमसेन चौधरीले गर्ने महुली सामुदायिक बिकास केन्द्रका साहायक ब्याबस्थापक एबम कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी जानकारी दिए ।
प्रतिक्रिया