किशोर पासवान
कञ्चनपुर,फागुन १८ गते । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा यूनिसेफको सहयोगमा स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली समीक्षा तथा तथ्याङ्क गुणस्तर व्यवस्थापन प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
शनिवार कञ्चनरुप नगरपालिकाको सभाहलमा अनलाई मार्फत डाटा भर्नकालागि स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल पर्सनहरुकालागि स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली समीक्षा तथा तथ्याङ्क गुणस्तर व्यवस्थापन प्रणाली सुदृढिकरण सम्बन्धि कार्यशाला गोष्ठी संचालन गरेका छन ।
कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा उक्त गोष्ठी संचालन भएको हो । गोष्ठीमा नगर प्रमुख मिश्रले यस नगर भित्रका स्वास्थ्यकर्मीहरुलाई कानुन नियम बिपरीत काम गर्नु हुदैन र काम गुणस्तरीय हुनु पर्ने बताएको छ ।
उनले भने कञ्चनरुप नगरपालिकाले राम्रो काम गरीयो भने प्रदेश नं. २ को नाक ठुलो हुने बताउदै यस ठाउमा विभिन्न पार्टीहरु छन तर मैले शतप्रतिसत मिलाएर गईरहेको बताएका छन ।
सप्तरी जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले स्वास्थ्य संस्थाहरुलाई अनलाईनमा तथ्याङ्क भर्न अतिनै आवश्यक रहेको र तथ्याङ्क भर्न प्रमुखहरुलाई सिक्न जरुरी रहेको बताए ।
उक्त गोष्ठीमा नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल पर्सन,स्वास्थ्य शाखा कञ्चनपुरका जनस्वास्थ्य प्रमुख रामसेवक यादव,डम्वर प्रसाद गुप्ता,सुरेन्द्र प्रसाद यादव,कञ्चनरुप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राजकुमार साह,नगर सल्लाहकार खिलानाथ पोखरेल लगायतले मंतव्य दिएका थिए, भने प्रदेश नं.२ का तथ्याङ्क अधिकृत तथा स्वास्थ्य निर्देशनालयका सरोज कुमार यादव र यूनिसेफका हेल्थ कोडीनेटर दिपक कुमार चौधरीले प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया