बिपद जोखिम न्यूनीकरणको पुर्व तयारी गर्दैछौ : उपाध्यक्ष चौधरी

  • फाल्गुन १९, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता 

अग्निसाईर कृष्णासवरन गापा,फागुन १८ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले बिपद जोखिम न्यूनीकरणका पुर्व तयारीका साथ स्थानीय सरकार अघिबढीरहेको बताएकी छिन । सप्तरीको महुलीमा आइतबार आयोजित बिपद न्यूनीकरण तथा प्रतिरोध सम्बन्धी तिन दिवसिय तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले बिगतका भोगाईहरुबाट पाठ सिक्दै बिपद आउनै नदिने हिसाबले रणनीति बनाई सकेको बताईन ।

आगलागीबाट सुरक्षित हुन फुस रहित छाना योजना ल्याएको छौ,उपाध्यक्ष चौधरीले भनिन , बाढी तथा भुकम्पको जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा आवास निर्माण गरि सार्ने कार्य जारी राखेका छौ। गाउँपालिकामा चुनौतीपुर्ण हात्ती आतंकले सिर्जना गरेको बिपद जोखिम सामाधानका लागि आबाश्यक योजना समेत पालिकाले ल्याउने तयारीमा रहेको उनले उल्लेख गरिन । बिपदको जोखिमलाई आउनै नदिने लक्ष्यका साथ क्रियाकलापहरु गरिरहेको जानकारी गराउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष चौधरीले बिपद जोखिम न्यूनीकरण गर्न गाउँपालिका पुर्णरुले सहयोग गर्न प्रतिबद्ध रहेको गरिन ।

हयाबिटेट फोर ह्युमानिटी नेपाल दिगो समुदाय परियोजनाको सहयोग तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकाको समन्वय र महुली सामुदायिक बिकास केन्द्रको आयोजनामा संचालित तीन दिने तालिम समापन समारोहमा वडा अध्यक्ष तेज नारायण यादव, एमसिडिसीका सल्लाहकार श्यामकान्त चौधरी, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायब निरीक्षक नारायण भट्टराई, सशस्त्र प्रहरी बल सुरक्षा बेस सितापुरका सप्रह राजन राईले बिपद जोखिम न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका स्तरीय बिपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य समितिका पदाधिकारी एमव सरोकारवाला गरि ४० जना सहभागी तालिमको सहजीकरण बिपद जोखिम बिज्ञ भिमसेन चौधरीले गरेको थियोे ।

प्रतिक्रिया