तथ्याङ्क गुणस्तर व्यवस्थापन प्रणाली सुदृढिकरण

  • फाल्गुन १९, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता
कञ्चनपुर,फागुन १८ गते ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजना तथा यूनिसेफका सहयोगमा स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली समीक्षा तथा तथ्याङ्क गुणस्तर व्यवस्थापन प्रणाली सुदृढिकरण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
    कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा आईतवार कञ्चनरुप नगरपालिकाको सभाहलमा अनलाई मार्फत तथ्याङ्क भर्नकालागि नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल पर्सनहरुकालागि स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली समीक्षा तथा तथ्याङ्क गुणस्तर व्यवस्थापन प्रणाली सुदृढिकरण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
    उक्त सम्पन्न गोष्ठीमा नगर प्रमुख मिश्रले २ ÷३ महिना पछि प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा शर्पदँसको उपचार संचालन गर्ने बताएको छ । स्वास्थ्य संस्थाहरुले काम गर्नु भएको हो तर धेरै राम्रो भन सकिदैन र यस नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई अनलाई तथ्याङ्क भर्न कमिकमजोरी भएकोले सुधार गर्नु पर्ने बताउदै कञ्चनरुप नगरपालिकाले कानुन र नियम मिले भनी स्वास्थ्य क्षेत्रमा जतिखेर सहयोग गर्न सकिने बताएको छ । उनले भने समयको मागका गति हेरी कुदनै पर्ने स्वास्थ्य प्रमुखहरुलाई आग्रह गरे ।
सप्तरी जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले हामी जाने बुझेका कुराहरुलाई कसरी ब्यवस्थित गर्ने र ब्यवस्थित भयो भनी हामी पकै नै अगाडी बढने स्वास्थ्य प्रमुखहरुलाई सुझाव दिएको    हो ।
    उक्त सम्पन्न गोष्ठीमा कञ्चनरुप नगरपालिका नगर उप प्रमुख निरु पोखरेल,प्रशासकीय अधिकृत पुरुषोतम ढकाल,नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल पर्सन,स्वास्थ्य शाखा कञ्चनपुरका जनस्वास्थ्य प्रमुख रामसेवक यादव,डम्वर प्रसाद गुप्ता,सुरेन्द्र प्रसाद यादव,कञ्चनरुप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राजकुमार साह,नगर सल्लाहकार खिलानाथ पोखरेल लगायतले मंतव्य दिएको थिए भने प्रदेश नं.२ का तथ्याङ्क अधिकृत थता स्वास्थ्य निर्देशनालयका सरोज कुमार यादव र यूनिसेफका हेल्थ कोडीनेटर दिपक कुमार चौधरीले प्रशिक्षण दिएको थिए ।

प्रतिक्रिया