किशोर पासवान
कंचनपुर,फागुन १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षिया चन्द्रिका देवी मुखियालाई हात्तिले आक्रमण गरी मारेपछि परिवारको बिच्चली भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जङ्गली हात्तीको आक्रमणबाट चन्द्रिका देवीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरछेऊमै मकैघारीमा घाँस काटी रहेको बेला जङ्गली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणमा परि घटना स्थलमा मृत्यु भएको स्थानीयहरुले बताए ।
मृतक मुखियाकी १८ वर्षीय छोरा रमेश,१४ वर्षीय मुकेश,९ वर्षीय उमेश र ७ वर्षीय प्रदिप कुमार मुखिया गरी चार छोरा र तीन छोरी छन् । जेठी छोरी २२ वर्षीया रेणु देवी मुखिया,१७ वर्षीया रिंकु कुमारी मुखिया र १३ वर्षीया मनिषा कुमारी मुखियामध्ये एक जेठी छोरीको कोईलाडीमा बिहे भएपनि बिरामी भएर माईतीमै बस्दै आएको स्थानिय मिना देवि मुखियाले बताईन ।
मृत चन्द्री मुखियाकी श्रीमान बैजनाथ मुखिया ७ वर्ष अगाडि कोशिट्प्पु वनजन्तु आरक्षको त्रियुगा नदिमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको स्थानियहरुले बताए ।
मृतक मुखियाकी जेठी छोरी रेणु देवी मुखियाले भनिन्,‘हामीहरुलाई बुवा नभए पनी आमाले दुख सुख गरेर पालन पोषण गर्दैआइरहनु भएको थियो अब त्यो साहारा पनि खोसियो । अब हामीहरु टुहरो भएका छौं ।’
उनले आफुहरुलाई परिबार चलाउन साह्रै कठिन हुने बताइन् ।
प्रतिक्रिया