रुपनीमा हात्तीद्वारा घर तोडफोड लाखौं क्षति

  • फाल्गुन २0, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

अग्निसाईर कृष्णासवरन गापा, १९ फागुन । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा आइतबार राती जंगली हात्तीले घरमा तोडफोड गर्दा लाखौंको क्षति गरेको छ । मध्यरातमा आएको दुईवटा हात्तीले स्थानीय मकर बहादुर तामाङको घर तोडफोड गरि क्षति गरेको हो ।

जंगली हात्तीले घर भत्काएर आफु र श्रीमति फुलमाया तामाङ सुतेका खाट कुल्चिएर पुर्ण रुपले क्षति गरेको पीडित तामाङले बताए । हात्तीले चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकै लगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको उनले बताए । हात्तीले घर सहित अन्य सामाग्रीमा गरि १ लाख बढीको क्षति गरेको स्थानीयले बताएका छ्न । हात्तीले घरको टाटी भत्काएको थाहा पाएर भागेर बल्ल ज्यान जोगाएको फुलमाया तामाङले बताईन ।

बनिबुतो गरेर राखेको खानेकुरा समेत हात्तीले खाएपछि छाक टार्न कठिनाई भएको उनले दुखोसो सुनाईन । सोही हात्तीले डिक बहादुर यसमाली मगर भान्सा घर भत्काएका छ्न भने स्थानीय खड्ग बहादुर तामाङको बगैचामा पसेर आँपको हाँगा भाँचेर क्षति गरेको स्थानीयले बताएका छ्न । बर्षो देखि हात्तीले ठूलो जनधनकोको क्षति गर्दा समेत नियन्त्रण प्रती कसैले चासो नदिएको हात्ती पिडितहरुले गुनासो गरेका छ्न । स्थानीय बासीको अनुसार अहिले पनी हात्ती गाउँ नजिकै बनक्षेत्रमा बस्दै आएको छ ।

प्रतिक्रिया