फुटवल तथा एथलेटिक्स खेल मैदानको शिलान्यास

  • फाल्गुन २१, २0७६
  • 0
...

किशाेर पासवान
कञ्चनपुर,फागनु २१ गते ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले मदन भण्डारी खेलग्राममा निर्माण हुने फुटवल तथा एथलेटिक्स खेल मैदानको मंगलवार  शिलान्यास गरेको छ ।
    ८४ करोड ७४ लाख ३ सय ७ रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स खेल मैदानको शिलान्यास गरेका छन ।
    कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षता तथा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकमाको प्रमुख आतिथ्यका उक्त मैदानको शिलान्यास गरेका छन ।
    प्रमुख आतिथ्यको आसनबाट बोल्दै खेलकुद मन्त्री विश्वकर्माले खेलमैदानको जग्गा अत्यन्त उपयूक्त ठाउँ रहेको र अहिलेको सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।
    उनले भने वर्तमान सरकार नेकपा पार्टीको सरकार गठन भए संगैं आज देशको आवश्यक के हो जस्को चाहना भावना र राष्ट्रिय आकाँक्षा के हो जनताको चाहना भावनालाई आत्मा साथ गर्दै छिटो भन्दा छिटो नेपाली समाजमा सुशासन विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गरेर देशलाई समृद्धि नेपाल बनाउने सबै नेपाली जनताका घर आँगनमा शुख र खुशी समेत व्यक्त पुयाउने यो संकल्प लिएको बताएका छन ।
    वर्तमान सरकार काममा केन्द्रीत भईरहेको छ । स्वाभावीक रुपमा समृद्ध नेपाल र सुखी नेपालीको यो परिकल्पनाको कुरा गरीरहदा जबसम्म हिजोको एकात्मक सामान्ती केन्द्रीत राज्य सताले सृजना गरेका जुन खालका शोसन र विभेदका रुपहरु अहिले पनी नेपालमा विधमान रहेको ताएको छ ।
    कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले सबैले सहयोग गरेमा  प्रदेश नंं २ मा नेपालको सबै भन्दा ऐतिहासिक खेलमैदान बनाउने दावी गरे र हुने बताउदै भने कञ्चनरुप न.पा.बाट हुने सहयोग कहिले कमिहुन नदिने जतिखेर जे गर्नु पर्ने तयार रहेको बताए ।
    उक्त कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष अमर मंडल,प्रदेश सासद गोविन्द न्यूपाने,जिल्ला खेलकुद समिती प्रमुख दिनेश भुजेल,जुरा संघ केन्द्रीय अध्यक्ष दिपक हर्स बज्राचारी,प्रतिनिधि सभा सासद सरीतागिरी,कञ्चनरुप नगरपालिका उप नगर प्रमुख निरु पोखरेल लगायतले मन्तव्य दिएको थिए ।

प्रतिक्रिया