रुपनीमा संचालित चुरे संरक्षणको प्रतिबेदन सार्वजनिक

  • फाल्गुन २१, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
अग्निसाईर कृष्णासवरन, २१ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा राष्ट्रपति चुरे तराई मधेस संरक्षण बिकास समितीद्वारा संचालित कार्यक्रमको प्रगति प्रतिबेदन सार्वजनिक गरेको छ ।            राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमका उपभोक्त समितिहरुले मंलबार एक समारोहका बिच कार्यक्रमको प्रतिबेदन सार्वजनिक गरेको हो ।

कार्यक्रममा दुधैला ठाकुर उपभोक्त समितिका अध्यक्ष कुमार मान श्रेष्ठले ५५ लाखको काम सम्पन्न गरिसकेको प्रतिबेदन प्रस्तुत गरे । उनले जनश्रमदान समेत गरि ७० लाखमा नदि तथा खोला किनारा स्तरिकरणको काम जारी राखेको समेत जानकारी गराए । यस्तै नदि तथा खोला किनारा स्तरिकरणर ब्याबस्थापन दुधैला खोला उपभोक्त समितिका सचिब भुपेन्द्र सिंह घले मगरले ४१ लाख बराबरको काम सम्पन्न गरेको प्रतिबेदन सार्वजनिक गरे । राष्ट्रपति चुरे तराई मधेस संरक्षण बिकास समिति सलकपुर मोरङ्गको ६० लाख र जनश्रमदान गरि ७० लाखमा सम्पन्न हुने काम भईरहेको बताए । यसैगरी पन्चवती देवि पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष लाल बहादुर चौधरीले पोखरी निर्माणमा हालसम्म भएको खर्च र कामको प्रतिबेदन सार्वजनिक गरे । उनले प्रस्तुत गरेको प्रतिबेदन अनुसार १५ लाखको लागतमा निर्माणधिन पोखरीमा ११ लाख पचास हजारको काम भईसकेको तथा चैतको पहिलो सता काम सम्पन्न गरि सक्ने बताएको छ ।

कार्यक्रम सार्वजनिकरण समारोहमा रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर, पत्रकार बृजमान तामाङ, राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिती कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङ्गका ईन्जिनियर अनिल कुमार चौधरीले तोकिएको समय सिमामै काम सम्पन्न गर्न सफलता हासिल होस भन्दै शुभकामना दिए । पन्चावती देवि पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष लाल बहादुर चौधरीद्वारा संचालित कार्यक्रमको संचालन स्थानीय बिष्णु थापा मगरले गरे ।

प्रतिक्रिया