सप्तरीको पूर्वी क्षेत्रमा हात्ती आतंक कायमै, एक हप्ताभित्रै पुन : एक महिला हात्ती आक्रमणमा मारिए

  • फाल्गुन २१, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
बिरेन्द्रबजार,फागुन २१ गते ।
एक हप्ता न बित्दै सप्तरीमा पुन : एक अर्को महिला हात्ति आक्रमणबाट मारिएकी छिन् ।
    सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा–१ कि एक ५५ बर्षिय महिलालाई हात्तीले मारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    गत शनिबार कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षिया चन्द्रिका देवी मुखियालाई हात्तिले आक्रमण गरी मारेका थिए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जङ्गली हात्तीको आक्रमणबाट चन्द्रिका देवीको घटना स्थलमै मृत्यु भएको थियो ।          

 गत १८ गते गोठालो गएकी मजादेवी सरदर दुईदिन पछि जंगलमा मंगलबार मृत भेटिएको हो । स्थानीय बैजनाथ देवि थरुनीको घरमा बस्दै आएकी सरदार दुई दिन अगाडि गाई लिएर जंगल गएकी थिइन ।
    गोठालो गएको सरदार घर नफर्के पछि आफान्तले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । खोजतलास गर्ने क्रममा सरदारलाई मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना स्थलमा ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्राको नेतृत्वको प्रहरी टोलिले आबश्यक प्रक्रिया पूरा गरि लास उठाएका छ्न ।
मृतक सरदारको ढाड र टाउकोमा हात्तीले कुल्चेको डाम रहेको स्थानीयले बताएको छ । स्थानीयको अनुसार हात्ती सोही बनक्षेत्रमा बस्दै आएको  छ । घटना स्थलमा लछारपछार गरेर घिसारेको ठाउँ रहेकोले हात्तीले महिलाको ज्यान लिएको हुन सक्ने स्थानीयबासीले बताएका छ्न  । महिलाको शव परिक्षणका लागि गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको घर रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा भएपनी उनको पति दुखी सरदारको मृत्यु पछि माईती गाउँ मा बस्दै आएको    थियोे ।

प्रतिक्रिया