अवलाेकित सामाचारदाता
बर्दिवास, २१ फागुन । प्रदेश नम्बर २ का उधोग पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश कुमार मण्डलले आदिबासी जनजातिको अधिकार सुनिश्चितताको लागि सरकार प्रतिबद्ध रहेको बताएका छ्न ।
महोत्तरीको बर्दिवासमा बुधबार आदिबासी जनजाति महासंघ प्रदेश नम्बर २द्वारा आयोजित प्रदेश साँसदस्ंगको अन्तरक्रिया तथा होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बिचार व्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री मण्डलले प्रदेश नम्बर २ को सरकार आदिबासी जनजातिको अधिकार सुनिश्चितताको संघर्षरत रहेको बताए । आदिवासी जनजातिले मित्र चिन्न नसक्दा अर्काको कुरामा लागेर आफ्नो समुदायको बिरोधमा उत्रने गरेको उल्लेख गर्दै मन्त्री मण्डलले अधिकार प्राप्तिका लागि मुद्वा मिल्ने पार्टी, संगठन एकजुट हुनुपर्नेमा जोड दिए । प्रदेश नम्बर २ सरकारलाई बिश्वास गर्नुस मन्त्री मण्डलले भने, सरकारको मन्त्रीहरुको मुखमै मधेसी आदिवासी जनजाति, दलित, मुश्लिम, महिलाको हक अधिकार कसरी सुनिस्चित हुन्छ भनेर शुरुमै उचारण गर्छ ।
उनलेे अहिले जारी थारु समुदायले गरेको अधिकार प्राप्तिको आन्दोलनमा जनजातिले सहयोग गर्नुपर्ने जोड दिए । प्रदेश नम्बर २ मा आदिवासी जनजातिको एजेन्डा स्थापित गर्न आदिवासी जनजाति साँसदको संयुक्त गठबन्धन गठन गर्न आफू तयार रहेको बताउदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री मण्डलले आदिवासी साँसदलाई एकठाँउमा ल्याउन महासंघलाई अग्रसर्ता देखाउन आग्रह गरे । आदिवासी जनजाति महासंघ प्रदेश नम्बर २ का अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरू बेची लुङ्गेली मगर, शोभा लामा, रामचन्द्र मण्डल, सीता गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै आदिवासी जनजातिको अधिकारका लागी सदनमा कुरा राख्न कुनै कसर नराख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडा मगर, मानव अधिकार आयोग प्रदेश नम्बर २ कार्यालयकाअधिकृत मनमाया राना मगर, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, धनुसा अध्यक्ष जमुना भुजेल, आदिवासी जनजाति युवा महासंघ प्रदेश नम्बर २ का अध्यक्ष जितेन्द्र सिंह दनुवार, महिला अध्यक्ष बेद कुमारी मण्डल, नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष यमलाल गोले, नेपाल मगर संघका मुख्य सचिब रुद्र बुर्जा मगर लगायतकाले समेत आ- आफ्नो बिचार व्यक्त गरे । आदिवासी जनजाती महासंघ प्रदेश नम्बर २ का सचिब अर्जुन योन्जन तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष कमल पिठाकोटे मगरले गरे भने कार्यक्रमको उदेश्य बारे अर्का उपाध्यक्ष भुवान राईले प्रकाश पारे ।
प्रतिक्रिया