अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन २२ गते । कञ्चनरुप नगरपालिका–९ स्थित खयरवनमा निमार्ण हुने मदन भण्डारी खेलग्रामग एक्कै बर्षमा दुई पटक शिलान्यास गरिएको छ ।
कञ्चनरुप नगरपालिकाले गत वर्ष पञ्चकन्यामा महायज्ञ उद्घाटन गर्न आएका बेला २०७५ साल चैत्र १ गते राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिम्सिनालेबाट शिलान्यास गराएका थिए ।
अन्तराष्ट्रिय स्तरकै नमूना खेलग्रामा निर्माणका लागी एक बर्षमा दुई चोटी शिलान्यास गरेर कञ्चनरुप नगरपालिका बजेटको दुरुपयोग गरेपछि बिरोध सुरु भएको छ । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दोश्रो पटक गत फागुन २० गते उद्घाटन गरेका हुन ।
मदन भण्डारी खेलग्रामका लागी संघिय सरकारको लगानिमा राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिसकेको छ । मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स ट्रयाकका साथै दर्शकका लागि आवश्यक प्याराफिट रहने भनिएको छ ।
यता कञ्चनरुप नगरपालिका प्रेस सल्लाकार उत्तम अर्चायले पहिले शिलान्यास गरेको मदन भण्डारी खेलग्राम भएको र मंगलबार १ करोडको लागतमा फुटबल तथा एथलेटिक्स भवन निमार्णको भएको दावी गरेका छन् ।
प्रतिक्रिया