जेसिबिले ठक्करले युवतीको मृत्य, बसलाई अभरटेक गर्न खोज्दा मोटरसाइकल चालकको ज्यान गयो

  • फाल्गुन २२, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन २२ गते ।
सप्तरीको राजगढ गाउपालिका ५ मलेखपुर स्थित एम आर डी इटा उद्योगमा जेसिबी ठक्करबाट एक १५ बर्षीय युवतीको बुधवार मृत्यू भएको छ । 
    भारत बंगाल खरिजाबाग बथरी ग्राम घर भई एम आर डी ईटा उद्योगमा काम गर्ने ईरसाद अलिको छोरी बर्ष १५ कि अलमिनिया खातुनलाई सोहि ईटा उघोगमा काम गर्ने ज.१ क. जेसिबीले ठक्कर दिई घाइते भई उपचारको लागि सागरमाथा अंचल असप्ताल ल्याउदै गर्दा बाटोमा नै  मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
    त्यसैगरि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजार नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किच्दा मोटरसाइल चालकलाई ठक्कर दिदा बुधबार एक जनाको ज्यान गएको छ ।
    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा विपरीत दिाशाट आउँदै गरेको अर्को मोटरसाइकलमा ठोक्किएर लडेपछि बसले किच्दा लहान १९ का मोहमद लुतफूर रहमानको ज्यान गएको  सिरहा प्रहरीले जनाएको छ ।
    उनी चलाइरहेका को. ४ प २०९८ नम्बरको मोटरसाइल अभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकलसंग ठोक्किएर लडेका थिए । पछाडिबाट आइरहेको ना.४ ख ४२६५ नम्बरको बसले रहमानको घटनास्थलमै मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ ।
    बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ ।
 

प्रतिक्रिया