अवलाेकित सामाचारदाता
अग्निसाईर कृष्णासवरन, २२ फागुन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा बजार लाग्न थालेपछि स्थानीयबासी हर्षित भएका छ्न । गाउँमै ताजा तरकारी, माछा, मासु लगाएतका दैनिक उपभोग्य बस्तु पाउने भएपछि उनिहरु खुशी भएका हुन । गाउँमा बजार लाग्न शुरु भएकोले थोरै सामान लिन समेत बिरेन्द्र बजार, महुली, रुपनी बजार जानू पर्ने बाध्यता टरेको स्थानीय ईश्वरलाल चौधरीले बताए ।
आफ्नै बजारमा ताजा तरकारी, माछा मासु लगायतका सामाग्री पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय ब्यापारी राजेश चौधरीले बजार लागेसंगै चौकमा चहलपहल बढेको बताए । उनले बजार भर्न हरिहरपुर, प्रशवनी, तेरहौता, पकरी, दिगुवा लगायत उपभोक्तहरु आउने गरेको बताए । यस्तै एक दशक देखि चौकमा ब्यापार गर्दै आएका सुर्यमान तामाङले बजार लागेसंगै आफ्नो ब्यापार फस्टाएको बताए । नजिक बजार भएपछि समयको बचत साथै टाढा बजार भर्न जोखिमपूर्ण यात्राबाट मुक्ति मिलेको भन्दै बजर भर्न आएकाहरुले खुशी भएका छ्न ।
साबिक सितापुर गाबिस हाल अग्निसाईर कृष्णासवरन वडा नम्बर २ मा हाटबजार नहुदा वडाबासीले सास्ती खेप्दै आएको वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले बताए । उनले जनताको आबश्यकतालाई मध्यनजर गर्दै चाँदनी चौकमा बिहिबार र सोमबार गरि हप्ताको दुईदिन बजार लगाउन शुरु गरेको बताए । उनले बजारमा दिनप्रतिदिन उपभोक्तहरुको चाँप बढ्दै गएकोले स्थानीय सरकारले समेत ब्यबस्थापनका लागि सहयोग गर्ने प्रतिद्वता व्यक्त गरे ।
प्रतिक्रिया