सप्तरीमा एसईईको परिक्षामा नौ हजार एक सय ४० जना विद्यार्थी सहभागी हुने

  • फाल्गुन २५, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन २५ गते ।
आउँदो चैत्र ६ गतेदेखि हुन गइरहेको माध्यमिक शिक्षा  परीक्षा(एसईई)मा सप्तरीबाट नौ हजार बढी छात्रछात्रा सहभागी हुने भएको छ ।
    शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी प्रमुख फणिन्द्र खत्रीका अनुसार नियमित, एक्जाम्टेड र अपग्रेडिङ्ग गरी कूल नौ हजार १ एक सय ४० छात्रछात्रा सहभागी हुनेछ ।             

परीक्षामा सहभागी हुने कूल विद्यार्थीमध्ये छात्र चार हजार ५३१ र छात्रा चार हजार ६०९ रहेका छन । ती मध्ये नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेड तर्फ १३६ र अपग्रेडिङ्गतर्फ ५३३ जना विद्याथीहरु रहेको प्रमुख खत्रीले बताए ।
    परीक्षा समन्वय समिति (कक्षा १०) को बैठकले एसईईका लागि जिल्लामा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ३३ वटा परीक्षा केन्द्रमा नियमित तर्फका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ भने एउटा मात्र केन्द्रमा एक्जामटेड र अपग्रेडिङ्गका विद्यार्थीका लागि  परीक्षा केन्द्र निर्धारण गरेको बताइएको छ । होली लगत्तै केन्द्राध्यक्ष र  सहायक  केन्द्राध्यक्ष तोकिसकेपछि  अभिमुखीकरण कार्यक्रम गरिने  तयारीमा रहेको बताइएको छ । बिहान ८ बजेदेखि सुरु हुने एसईई यस वर्ष १७ गतेसम्म सञ्चालन रहने राष्ट्रिय परीक्षा बोर्डले समय तालिका निर्धारण गरिसकेको छ ।

प्रतिक्रिया