अवलोकित सामाचारदाता
कञ्चनपुर,फागुन २५ गते । इलाका प्रहरी कार्यालय कञ्चनपुरले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा सहभागी भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनरुप नगरपालिका–२बाट महफुल शेख र छोरा सागिर शेखलाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ परेको दुवैजनालाई अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी अजुन्धान गरीरहेको इप्रका कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । ‘अनुसन्धान भइरहेको छ,अनुसन्धान पुराभएपछि नागरिकता सम्बन्धी मुद्दामा म्याद थप गर्छौ ।’ डिएसपी मिश्रले पक्राउ परेकाहरुसँग बयान लिने कार्य भइरहेको बताए ।
नगरिकता बनाउन सिफारिस गर्ने र सनाखतमा बस्ने व्यक्ति भने पक्राउ गरिएको छैन । किर्ते गरी नागरिकता बनाउने ठहर भएपछि सबै जनालाई पक्राउ गरी आवश्यक कार्यवाही गर्ने प्रहरीको भनाइ छ ।
यसरी भयो घटना सार्बजनिक :
सबै कागजपत्र मिलाएर इलका प्रशासन कार्यालयमा पुगेका थिए । प्रशासन कार्यालयलाई नागरिकता बनाउने बाबु छोराबीचको उमेर तलमाथि भएकोले शंका लाग्यो । इलाका प्रशासन कार्यालयले सहरजमिनका लागि इलका प्रहरी कार्यालय कञ्चपुरलाइै लेखेर पठाएको थियो ।
यसबीचमा नागरिकता बनाउने व्यक्तिले सिफारिस गराईदिने र गर्नेहरुले तिर्नुपर्ने रकम नतिरेपछि सहयोग गर्नेले नै प्रहरीलाई सूचना दियो । प्रहरी पोख्त सूचनाका आधारमा नागरिकतामा बाबु बनेका र छोरा दुवैलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
वडा नम्बर २बाट यसअघि पनि जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा फर्जी नागरिकता बनेको आशंका गरिएको छ । स्थानीयहरुले जनप्रतिनिधि आइसकेपछि नागरिकताका लागि सिफारिस गरिएको व्यक्तिहरु बारे अनुसन्धान गर्नुपर्ने माँग गर्न थालेका छन् ।
जन्मदर्ता बनाइदिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सहरजमिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीय समेत यो मुद्दामा तानिने सम्भावना छ ।
यता नागरिकताकोलागि सिफारिस गर्ने वडा नं. २का निमित्त वडा अध्यक्ष अकबर अलि शेखले वडाकार्यालयले कर्मचारी खटाएर सहरजमिन गरेको कारण आफुले सिफारिस गरेको बताए । उनले भने प्रहरी र प्रशासन कार्यालयले छानविन गरेपछि मात्रै मैले पनि नागरिकता बनाउने व्यक्ति र उसको बुवा नातासम्बन्धमा नपर्ने (फर्जी बुवा) रहेको थाहपाएको दाबी गरे । स्थानियहरुले निमित्त वडा अध्यक्ष अकबर अलि शेखको भनाई पुर्णत गलत भएको जनाएको छ । स्थानिय एक जनाले भने, “प्रहरी र प्रशासनले नागरिकता बनाउने बावुछोरा फर्जि भएको थाह पाउने तर स्थानिय जनप्रतिनिधिहरुले मलाई थाह थिएन भन्नु अहिले कारवाहीवाट बच्ने दाउपेच हो ।”
प्रतिक्रिया