नागरिकता बारे निष्पक्ष छानबिन आवश्कता

  • फाल्गुन २६, २0७६
  • 0
...

सम्पादकीय   

 कञ्चनरुप नगरपालिका–२का महफुज शेखले एक जना भारतीय भनिएको व्यक्ति सागिर शेखलाई छोरा बनाएर नागरिकता बनाउन खोजेको घटना सार्वजनिक भएको छ ।
    इलाका प्रहरी कार्यालय कञ्चनपुरले दुई जनाले पक्राउ गरेपछि घटना सार्वजनिक भएको छ । दुवैजनालाई अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी अजुन्धान गरीरहेको प्रहरी जनाएको छ ।
नगरिकता बनाउन सिफारिस गर्ने र सनाखतमा बस्ने व्यक्ति भने पक्राउ गरिएको छैन । नागरिकता जस्तो संवेदनशील मुद्दामा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय सुरुमा चुकेकै हो । 
    नागरिकता बनाउने बिचौलियाबीच पैसामा बिबाद भएपछि घटना बाहिरीएको हो । यो घटनाले वडा नम्बर २ बाट यसअघि पनि जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा फर्जी नागरिकता बनेको आशंकालाई नजर अन्जाज गर्न मिल्दैन ।
तसर्थ स्थानीयहरुले जनप्रतिनिधि आइसकेपछि नागरिकताका लागि सिफारिस गरिएको व्यक्तिहरुबारे श्वेत पत्र जारी गर्नु पर्ने र शंका लागेका नागरिकताका विषयमा अनुसन्धान गर्नुपर्ने माँग जायज छ । 
    अर्को कुरा जन्मदर्ता बनाइदिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सर्जि्मिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि राजनीतिक आडमा अहिलेसम्म कार्यवाहीको दायरामा आउन नसक्नु कानूनी राज्यको उपहास हो । तसर्थ घटनालाई गम्भिरताकासाथ लिएर सघन अनुसन्धान गर्नुपर्ने र नगरपालिकाले समेत नागरिकता सिफारिसको विषयमा कडाई गर्नुपर्ने आवश्क छ ।

प्रतिक्रिया