अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र २ गते । सप्तरी डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढाका जासर मियाले आफनो छोरालाई अपरण गरेको गलत सूचना दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
मियाले ११ बर्षिया छोरा ज्याउदिन खान आफनै घरको बाँसको ढोका भएको कोठा भित्र वच्चाहरू संग सुती राखेको अवस्थामा अपहरण गरेर लगेको उजुरी प्रहरीमा गरेको थियो ।
मियाले बच्चालाई अपहरण गरी लगेकोमा वच्चाहरू रून कराउन थालेपछि घरको मानिसहरू बाहिर हेर्दा मोटरसाइकलको आवाज मात्र थाहा पाएको सुरक्षा बेश क्याम्प पथ्थरगाडामा आई मौखिक जाहेरी दिएको थियो ।
घटनाबारे तत्काल घटनास्थलमा जि.प्र.का. सप्तरी, ई.प्र.का. पातो र सुरक्षा वेस क्याम्प पथ्थरगाडाबाट समेत प्रहरी अनुसन्धान टोली खटिएको थियो ।
तर प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निज वालक आफन्त फुपु दिदिको घरमा गई वसेको पत्ता लाग्यो ।
अपहरण भएको भनिएको वालकलाई प्रहरीले कार्यालयमा झिकाई सोधपुछ गर्दा निज वालक आफै फुपुको घरमा गएको कोही कसैले अपहरण गरेको छैन भनेपछि बालकको बुबाले दिएको जाहेरी बनावटी झुट्टा भएको भन्दै प्रहरीले जाहेरवाला जासर मियालाई आवश्यक कारवाहीको लागी पक्राउ गरिएको जिप्रका सप्तरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।
प्रतिक्रिया