सरोकारवाला निकायको मिलोमतोमा कञ्चनरुप नपामा दर्जनौं अबैध बालुवाको डिपो

  • चैत्र ३, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ३ गते ।
कञ्चनपुर,फागुन १६ गते । कञ्चनरुप नगरपालिका भित्र दर्जनौं ठाउमा अवैध रुपमा बालुवा उत्खनन् गरि डिपोमा राखिएको भएपनि नगरपालिका लगायत सरोकारवाला निकायको ध्यान गएको छैन । 
    नियम विपरित सडक र बस्ती छेउमै बालुवाको डिपो राखिएकोले चैत्र बैशाखमा चल्ने हावाहुरीले सर्वसाधारणलाई सास्ती हुने भएको छ । केही समय अघि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाई र जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले फत्तेपुर जाने क्रममा दर्जनौं ठाउँमा बालुवाको डिपो हेरेपछि त्यस विषयमा अनुसंधान गरि अवैध डिपो बन्द गर्न इप्रका कञ्चनपुरलाई निर्देशन दिएको थियो ।  
    इप्रका कञ्चनपुरले डिपोबारे अनुसंधान गरिरहेको जनाएको छ । सिडियो र एसपीले निर्देशन दिएपछि इप्रका कञ्चनपुरले डिपोवारे सोधिखोजी गर्ने काम गरेपनि कतिवटा डिपो कानून सम्वत रहेकोबारे अधिकारिक धारणा सार्वजनिक गरेको छैन । 
    जिल्ला समन्वय समितिसँग अनुमति नलिएका बालुवाको बील नभएमा र दर्ता नभई डिपो सञ्चालन गरी बालुवा बिक्री गरेको पाइएमा कारबाही गरिने जनाउँदै प्रहरीले अवैध रुपमा बालुवा, माटोलगायत खानीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिने   भएको छ । 
    इप्रका कञ्चनपुरका प्रहरी प्रमुख मकेन्द्र कुमार मिश्रले अवैध बालुवा खानी र डिपो सञ्चालन बन्द गरिने बताउँदै भने पहिलो चरणमा डिपो बैध हो की अबैध हो त्यबारे अनुसंधान गर्ने र दर्ता नभएका डिपोहरूको बालुवा हटाउन लगाउने बताए । 

प्रतिक्रिया