अग्निसाईर कृष्णासवरनका होटल तथा पसलहरुको अनुगमन

  • चैत्र ४, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

अग्निसाईर कृष्णासवरन, ३ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा संचालित होटल तथा पसलहरुमा सोमबार अनुगमन गरिएको छ । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीको नेतृत्वको एक टोलीले स्थानीय होटल तथा पसलहरुमा पुगि अनुगमन गरेको हो ।

अनुगमन टोलीले वडा नम्बर २ चाँदानी चौक स्थिति रहेको तामाङ मदिरा होटल, जिएस किकर सोप(गौरव होटल), गणिनाथ मिष्ठान्न भण्डार, सितापुर कलौनीका मोनिका मिष्ठान्न पसलको सरसफाइ तथा खाद्य बस्तुहरु र ब्याबसायको आधिकारिकताको बारे जानकारी लिएका छ्न । यस्तै वडा नम्बर १ का गणेश चिया नास्ता पसल, बाबा गणिनाथ मिठाई पसल, प्रकाश साह चिया नास्ता पसल लगायतका होटल तथा पसलहरुमा पुगेर सरसफाइमा ध्यान दिन, म्याद सकिएका सामान बिक्रीवितरण नगर्न, खानेकुरामा अखाद्य बस्तुहरुको प्रयोग नगर्न र पसलका आधिकारिक प्रमाणपत्र लिएर संचालन गर्न निर्देशन दिएका छ्न । अनुगमनको क्रममा केही होटल तथा चिया नास्ता पसलहरु अनुमतिपत्र बिना संचालन गरिएको तथा सरसफाइ ब्याबस्थापन र खानेकुरामा अखाद्य बस्तु मिसावट गरिएको पाईएकाले सचेत गराउँदै दर्ता नभएकालाई ब्याबसाय दर्ता गराउन निर्देशन दिएको छ ।

अनुगमन टोलिमा अग्निसाईर कृष्णासवरन गाउँ पालिकाका उपाध्यक्ष मिना चौधरी,वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, १ का अध्यक्ष तेज नारायण चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जागेश्वर प्रसाद खड्गा, युएन हयाबिटेटका सप्तरी र सिराहा जिल्ला संयोजक हरि बुढाथोकी, वेलका जिल्ला कार्यक्रम संयोजक दिपेश चन्द्र चेल, हृदय नारायण मेहता, ईलाका प्रहरी कार्यालयका प्रहरी हवलदार सुकेन्द्र लिम्बू, पत्रकार बृजमान तामाङ लगायतका रहेका थिए । अनुगमनले अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोरना भाईरसबाट बच्नको लागि खाद्य सुरक्षा तथा स्वच्छ्तामा टेवा पुग्ने बिश्वास समेत गरिएको छ । अनुगमनको क्रममा खाना पकाउने र खानेकोठा तथा भाँडाकुँडाको स्वच्छता, खाद्य भण्डारण,खाद्य व्यबहार अभ्यास, ब्याक्तिगत सरसफाइ तथा स्वच्छता, किटाणु नियन्त्रण, फोहरमैला ब्यबस्थापन,पानीको ब्यबस्थापन, बालश्रमको प्रयोग, नापतौल र होटल दर्ताको अवस्थाको बारेमा जानकारी लिएको अनुगमनमा सहभागीहरुले जनाएका छ्न । अनुगमनलाई निरन्तरता दिईने तथा पहिलो पटक दिएको निर्देशनको पालना नभएमा काणुन बमोजिम कार्बाही गरिने अग्निसाईर कृष्णासवरन गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया