अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत ४ गते । छिमेकी जिल्ला धनुषामा घरेलु मदिरा सेवनबाट २० जनाको ज्यान गएपछि सप्तरीमा प्रहरीले अवैध मदिरा नष्ट अभियान थालेको छ ।
अभियानअन्तर्गत आइतबार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४,८,९,१०, र ११ का बिभिन्न मदिरा पसलहरुलाई चेकजाच गरी एक सय लिटर घरेलु मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
त्यसैगरी सिरहा प्रहरीले दुई दिनमा प्रहरीले ३ हजार ४०२ लिटर तयारी मदिरा र ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरेको छ । सिरहा प्रहरीले १३१ थान भाडावर्तन, १५ वटा मदिरा बनाउने मेसिन र १४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
एसपी चतुर्वेदीका अनुसार घरेलु मदिरा नष्ट गर्न जिल्लाभरिका प्रहरी युनिटलाई गाउँगाउँमा खटाइएको छ । भट्टी भत्काउने, मदिरा नष्ट र संग्लन व्यक्तिलाई नियन्त्रणमा लिने कार्य भइरहेको छ । पक्राउ परेकालाई आन्तरिक राजश्व कार्यालय लहानमा बुझाइएको उनले बताए ।
प्रतिक्रिया