अवलाेकित सामाचारदाता
अग्निसाईर कृष्णासवरन, चैत ५ गते । अग्निसाईर कृष्णासवरन गाउँपालिकामा समाजवादी पार्टीद्वारा टोल-टोलमा संगठन सुदृढीकरण तथा बिस्तार अभियान जारी राखेका छ्न । समाजवादी पार्टीद्वारा माघ तीन गते देखी शुरु गरेको देशब्यापी तीन महिने अभियान अन्तर्गत अग्निसाईर कृष्णासवरन गाउँपालिकाको टोल-टोलमा संगाठानिक अभियान तिब्र पारेको हो । अभियान अन्तर्गत संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बिच फागुन ११ गते गाउँपालिकामा एकीकरण घोषणा गरेर वडा तथा गाउँ- टोल समिति गठनलाई निरन्तरता दिएको जनाएको छ । दुबै पार्टीलाई स्थानीय तहमा एकीकरण गरि टोल- टोलमा सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्दै वडा तथा टोल समितिहरु गठन कार्य जारी राखिएको गाउँपालिका अध्यक्ष रामदेव यादवले बताए । उनले वडा नम्बर १ र २मा वडा तथा टोल समिती गठन गरिसकेको जानकारी गराए ।
अभियानको क्रममा वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ । मट्टीगढी बजारमा मंगलबार आयोजित एक भेलाले रमेश कुमार चौधरीको अध्यक्षतामा २१ सदस्य वडा समिती गठन भएको हो । गठित समितीको बरिस्ठ उपाध्यक्षमा महम्मद रफिद मियाँ, उपाध्यक्षमा रमेश यादव, सचिब रामकृष्ण चौधरी, उपसचिवमा सुकेन्द्र कुमार साह र कोषाध्यक्षमा शान्ती देवि साह चयन भएका छ्न । यसैगरी समितीको सदस्यहरुमा सुर्य नारायण साह,भुलोदेवी खंग, देव नारायण चौधरी, लक्षमण साह, सियाराम साह, बिसुनी सदा, राज कुमारी चौधरी, आशा सदा, छुतहर्निया खातुन, महेन्द्र चौधरी, फनिन्द्र जोशी, कटर सदा, सुकदेव चौधरी र देवकान्त चौधरी चयन भएका छ्न ।
गाउँपालिका उपाध्यक्ष रेखा देवको अध्यक्षतामा आयोजित भेलामा संघीय परिषद सदस्य गुणानन्द चौधरी, जिल्ला सदस्यहरू राम कुमार चौधरी, अशोक कुमार चौधरी, प्रमेश्वरी देबि यादव, दुर्गानन्द चौधरी,प्रेस नेपाल सप्तरीका कार्यबाहक अध्यक्ष बृजमान तामाङ लगायतका नेता तथा बिसु अभियान्ताहरूको उपस्थिति रहेको गाउँपालिका सचिब मिलन चौधरीले जानकारी दिए । समाजवादी पार्टीद्वारा यहि चैत मशान्त सम्म देशब्यापी टोल- टोलमा पार्टी समायोजन र सदस्यता बितरण सकेर काठमाडौमा शक्ति प्रदशन गर्ने तीन महिने अभियान चलाएका छ्न ।
प्रतिक्रिया