महिला मानव अधिकार रक्षकहरुका लागी २ दिने अभिलेखन तालीम सम्पन्न

  • चैत्र ५, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत ५ गते ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल  (ल्ज्ध्च्म्) द्वारा प्रदेश २ को ३ वटा जिल्लाका महिला मानव अधिकार रक्षकहरु र संचारकर्मी महिलाहरुलाइ २ दिने घटना अभिलेखिकरण तालीम सोमबार सम्पन्न भएको छ । 
   सिराहाको लाहानमा आइतबारबाट सुरु भएको तालीममा सिराहा,सप्तरी र धनुषाका गरि जम्मा २० जाना सहभागीहरुको उपस्थिति रहेको थियो। सो तालीमको प्रशिक्षण संजालकी राष्ट्रिय अध्यक्ष डा. रेणु अधिकारी र महिला मानव अधिकार को क्षेत्रमा काम गर्दै आएकी श्याम कुमारी साहले गरेका थिए  । 
    महिलाको विषयमा जहिले पनि नकारात्मक पक्ष बाट  समाचार सम्प्रेषण हुने भएकोले अब देखी महिलाहरुको   सकारात्मक पक्षबाट  समाचार सम्प्रेषण गर्नुपर्ने र महिलाको कमजोर पक्षलाई भन्दा पनि महिलाको बलियो पक्षलाई जोड दिँदै महिलाको हक अधिकार र समानताको वातावरणमा समाज रुपान्तरण गर्नु आजको हरेक महिलाको जिम्मेवारी हुन आएको डा. भण्डारीले बताईन ।

प्रतिक्रिया