कञ्चनरुप नपाको प्रत्येक मुसहर वस्तीमा अवैध रक्सी भट्ठी एउटै बस्तीमा तीन अवैध मदिरा पसल,सरोकारबाला निकाय मौन

  • चैत्र ६, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर,चैत ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेका मुसहर समुदायका प्रत्येक बस्तीमा अवैध मदिरा कारोबार भइरहेको छ ।
प्रदेश २ सरकारले तीन दिनभित्र प्रदेश २का सबै अबेध भट्टी भत्काउन निर्देशन दिएको छ । तर कञ्चनरुप नगरपालिका भित्र सबै मुसहर बस्तीमा अवैध मदिरा भट्टी र किराना पसलमा खुल्लेआम बिक्रीबितरण भइरहेको छ ।
    नगपालिकाको वडा नम्बर १देखी १२ सम्म मुसहर समुदायको घर वरीपरी २१ मदिरा पसल  र २० ओटा भट्टी संचालनमा रहेको छ । यस नगरपालिका भित्र मुसहर समुदायको लगभग ४ सय २८ घरदुरी रहेको हुदा त्यस समुदायको घर वरीपरी २१ मदिरा पसल र २० मदिरा भट्ठी खोलेर अवैध व्यवसाय गरिहरेका छन् ।
    कञ्चनरुप नगरपालिका वडा नं. १ बैरवामा मदिरा उत्पन १ जना वडा नं. ३ बरमझियामा एक किराना पसलमा मदिरा बिक्रीवितरण र एक जना मदिरा उत्पन वडा नं. ४ जगतपुरमा किराना पसलमा मदिरा विक्रि वितरण २ जना र उत्पन ३ जना वडा नं. ५ पिप्रापूर्व पथरीमा एक किराना पसल र ३ मदिरा उत्पन वडा नं. ६ जमुवामा २ किराना पसलमा र एक जना मदिरा उत्पन वडा नं. ७ बलुवामा एक किराना पसलमा विक्रिवितरण वडा नं. ८ कञ्चनपुर नहरको छेउमा एक किराना पसल र २ जना मदिरा उत्पन वडा नं ९ रौगनाथपुरमा ५ जनाले किराना पसलमा मदिरा विक्रिवितरण गर्ने गरेको र वडा नं. १० भोडहामा ५ जना किराना पसलमा मदिरा विक्रि  वितरण र ५ जना मदिरा उत्पन गर्ने गरेको वडा नं ११ बेङ्गरीमा एक किराना पसल र ४ जना मदिरा उत्पन गरेको वडा नं १२ धरमपुर चौकमा २ पसलमा मदिरा बेचने गरेकोले सोही पसलबाट खाएर आउने गरेको एक स्थानियले बताए ।
    इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले अवैध सबै मदिरा भट्टी र पसल बन्द गर्ने बताए ।

प्रतिक्रिया