अवैध यौन सम्पर्क गर्ने जोडिलाई गाउँलेहरुले रङ्गेहात पक्रिदा...

  • चैत्र ६, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ६ गते ।
कञ्चनरुप नगरपालिका–१०मा एक महिला र पुरुषलाई गाउँलेहरुले घरमै अवैध सम्बन्ध  गरीरहेको बेला पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको छ ।
    सोमबार साँझ न पर्दै बिबाहिता महिलाले कञ्चनरुप नगरपालिका–१ वैरवाका एक पुरुषलाई फोन गरेर घरमै बोलाएका थिए । घरमा यौन सम्पर्क गर्ने ती जोडिलाई गाउँलेहरुले रङ्गेहात पक्रेर प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए ।
    गाउँलेहरुले रङ्गेहात पक्राउ गरेपछि सुरुमा महिलाले ती पुरुषले जर्बजस्ती करणी गरेको आरोप लगाएका थिए । तर पुरुषले महिलाले फोन गरेर आएका प्रष्टिकरण दिएका थिए ।
    महिलालाई अर्कोदिन त्यसको आमाको जिम्मा लगाइएको र पुरुषलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । ती महिलालाई उनको श्रीमानले नराख्ने बताएपछि उनी पुरुष विरुद्ध जर्बजस्ती करणी मुद्धा नहाल्ने बताएको बताइएको छ । यता महिलाका श्रीमानले अब कुनै पनि हालतमा श्रीमतीलाई नराख्ने बरु कानून सम्बन्त ढङ्गले छोडपत्र गर्ने जनाएको छ । गुप्ता थरकी महिला र मुश्लिम समुदायका पुरुष रहेको बताइएको छ ।

प्रतिक्रिया