अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ६ गते । सप्तरीको सुरुङगा नगरपालिका –५ कुसहा स्थित बिभिन्न पसलहरुमा अबैध रुपमा पेट्रोल बेच्ने तीन जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
प्रति लिटर एक सय २०रुपेयाका दरले पेट्रोल बेच्ने सुरूङगा न.पा.७ बस्ने बर्ष ३७ को अरुण चौधरीलाई १७ लिटर पेट्रोल सहित,सोही ठाउँ बस्ने बर्ष ४० को अली हसन ५ लिटर पेट्रोल सहित र सुरूङगा न.पा.५ बस्ने अं.बर्ष ३० को तेज नारायण भगतलाई २ लिटर पट्रोल सहित पक्राउ गरी आवश्यक कार्यवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।
प्रतिक्रिया