कोरोनाबाट नडराउनुस तर सतर्क हुनुस : अध्यक्ष चौधरी

  • चैत्र ६, २0७६
  • 0
...

बिरेन्द्र बजार, ६ चैत । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कोरोना भाईरसबाट नडराउन तर सतर्क हुन आग्रह गरेका छ्न । सप्तरीको सितापुरमा बिहिवार नोभल कोरोना भाईरस संक्रामण रोकथाम तथा नियन्त्रण सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बास्तबिकता नबुझी कोरोना भाईरसबाट जनजीवन आतांकित भएको बताए ।

नेपालमा कोरोनाको संक्रमित रोगी छैन अध्यक्ष चौधरीले भने, नडराउनुस तर नेपाल कोरोनाको उच्च जोखिममा रहेकोले सचेत हुन आग्रह गर्दछु । उनले कोरोनाको बारे फैलाएको भ्रममामा नपरी बास्ताबिक्ता बुझेर जनचेतना जगाउन स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई निर्देशन दिए। चौधरीले कोरोनाको जोखिम आउन नदिन बजार, बिधालय, मेला र बढी भिडभाड हुने स्थानमा प्रतिबन्ध लगाउने बताए ।उनले कोरोनाबाट बच्न पुर्व सतर्कता अपाउदै बिश्वयुद्व जस्तो डरलाग्दो युद्वलाई सबै मिलिजुली पराजित गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिब कुमार झाले कोरोना भाईरसको बारे प्रकाश पार्दै ख्याल ठ्ट्टा भन्दा सबैजना गम्भीर हुन आग्रह गरे । उनले मदिरा सेवन कर्ता र गर्मीमा कोरोना संक्रमित हुदैन भने हल्लाको पछि नपर्न आग्रह गर्दै हाल सम्म कुनै पनि मुलुकले यसरोगको औषधि पत्ता लगाउन नसकेको बताए । डा. झाले हाल सम्म बिश्वमा २ लाख मनिस कोरोना संक्रमित भएको तथ्यांक प्रस्तुत गर्दै ७ हजार ८ सय जनाको मृत्यु भएको जानकारी दिए । उनले माक्स लगाउने तरिका बारे जानकारी दिदै संक्रमणको लक्षण नदेखिएकाले माक्स प्रयोग गर्नु जरुरी नभएको उल्लेख गरे । जिउदो पशुबाट बढी छिटो संक्रामणको खतरा हुने भएकोले डा.झाले अति आबश्यक काम बाहेक पशुपंछीसंग नजिकन नहुने बताए । उनले माछामासुको प्रयोगले रोग नसर्ने समेत प्रष्ट पारे । डा. झाले माछामासु राम्रोसँग पाकाएर खादा कुनै खतरा नहुने सुझाव दिए ।अग्निसाई कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाले लामो दुरिबाट आउने यात्रुलाई लक्षित गरि हेल्पडेस्क राख्ने र सबै वडामा जनचेतनामुलक कार्यक्रम गर्ने जानकारी दिए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा १ देखि ६ नम्बर सम्मका वडा अध्यक्ष, कार्यापालिका सदस्य, गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख, रेड्क्रसका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय महुलीका प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सितापुरका प्रतिनिधि , संचारकर्मीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख जागेश्वर खडगाले गरे ।

प्रतिक्रिया