किशाेर पासवान
कञ्चनपुर, चैत ७ गते । आगलागी हुने समय आइसक्यो तर सप्तरीको कञ्चनरुप नगरपालिकाले ७ महिना बित्दा पनी बारुण यन्त्र(दमकल)का लागि चालक राख्न सकेको छैन ।
गत भदौमा नगरपालिकाले बारुण यन्त्रका ह्याभि चालकका लागि गरीएको विज्ञापनमा ३ जनाले फारम भरेको थियो । तर अहिले सम्म आफनो निजि चालक राख्न नपाएकोले नगरपालिकाकै टिपर र स्काईभेटरका चालकहरुले नै बारुण यन्त्र चलाउने गरेको छ ।
आगलागीको समय आइसक्यो कतै कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने ? स्थानियको प्रश्न छ । नगरपालिका भित्र ७ जना चालकमध्ये कसैलाई ह्याभि अनुमति पत्र नरहेको बताइएको छ ।
स्रोतका अनुसार केहि दिन पछि बारुण यन्त्रकालागि चालक छनोट गर्ने तत्काल नगपालिकाकै चालकहरुले सम्हाल्ने गरेको बताए ।
प्रतिक्रिया