भन्सार छलिका सामान बरामद

  • चैत्र ७, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ७ गते ।
सप्तरी विष्णुपुर गाउँपालिका १ र कंन्चनरुप नगरपालिका ७मा खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको किरानाका सामानहरू बरामद गरेको छ ।
प्लाष्टिकको डोरी, राजनिबास, खाने तेल  ,बिस्कुट र पायल छाप खैनी बरामद गरिएको छ । 
    प्रहरीले २७ हजार बराबरको सामान सहित जिल्ला सप्तरी रुपनि गा.पा.५ बस्ने बर्ष ३५ को मुनेश्वर साहलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया