आदिवासी जनजाति महासंघद्वा कोरोना विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना

  • चैत्र ८, २0७६
  • 0
...

अवलाेकित सामाचारदाता

बिरेन्द्र बजार, ७ चैत । सप्तरीको खडक नगरपालिकामा शुक्रबार नोभल कोरोना भाईरस (कोभिड १९) विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद खडक नगरपालिकाद्वारा कार्यक्रम आयोजना गरेको हो ।

नेपाल आदिबासी जनजाति महासंघ खडक नगरपालिकाका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियोे । साबुन पानीले हात धोएर जनचेतनामुलक कार्यक्रमको उद्वघाटन गर्दै तामाङले बिश्वब्यापी माहामारीको रुपमा फैलिएको भाईरस हाम्रो सानो प्रायासबाट संक्रमित गर्न नसक्ने भएकोले सबैलाई नियमित साबुनपानीले हात धुन आग्रह गरे । उनले संक्रमणको लक्षण देखिएमा रोगिलाई दुरब्याबहार नगरी साबधानी अपनाउदै सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग गर्नुपर्नेमा जोड दिए । राष्ट्रलाई आपत पर्दा हातेमालो गर्नु सबै नागारिकको दाईत्व रहेको उल्लेख गर्दै नगर समितिले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेकोमा जिल्ला अध्यक्ष तामाङले धन्यवाद दिए । उनले जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिदै स्थानीय सरकारले समेत कोरोना रोकथामका लागि कार्यक्रम संचालन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए । अध्यक्ष तामाङले स्थानीय सरकारसँग सहकार्य गरेर कोरोना विरुद्ध सचेतना कार्यक्रम गर्न मातहतका सम्पुर्ण समितिहरुलाई निर्देशन समेत दिए । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का सदस्य ईन्द्र कुमार चौधरीले राष्ट्रमा बिपद पर्दा समेत स्थानीय सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

संकटको घडीमा नगरपालिका आफ्नो कर्तव्यबाट बिमुख भएको भन्दै जनताको जिवनमा खेलवाड नगर्न आग्रह गरे । प्रथामिक स्वास्थ्य केन्द्र कल्याणपुरका हेल्थ असिस्टेन्ट बिध्यानन्द चौधरीले नोभल कोरोना भाईरसबाट भयभित हुनु नपर्ने बताए । ज्यरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वासमा समस्या हुनु, पातालो दिशा आउनु जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन उनले आग्रह गरे । उनले संसारमा फैलिएको कोरना भाईरस नेपालमा नभएको प्रष्ट पारे । चौधरीले बिश्वमा कोरना नियन्त्रण भन्दा बाहिरा रहेकोले सबैले सजकता अपनाउनु पर्नेमा जोड दिए । नेपाल आदिवासी जनजाति महासंघ खडक नगरपालिकाका सचिब उपेश कुमार सिंहद्वारा संचालित जनचेतनामूलक कार्यक्रममा स्वागत उपाध्यक्ष दहनलाल चौधरीले गरे ।

प्रतिक्रिया