अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार, ८ चैत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद सप्तरीका सदस्य ईन्दिरा स्याङ्दन तामाङको निधन भएको छ । उदयपुर चौदण्डीगढी नगरपालिका १ स्थित पुर्खैली घरमा शनिबार ३६ बर्षको उमेरमा उनको निधन भएको हो ।
तामाङको निधन प्रती नेपाल आदिबासी जनजाति महासंघ सप्तरीले शनिबार एक शोक बक्तब्य व्यक्त गर्दै गहिरो दुख व्यक्त गरेको छ । महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले शोक बक्तब्य जारी गर्दै महासंघ सदस्यको २५ बर्षको अल्पआयुमै निधन भएको खबरले अत्यन्त मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । अध्यक्ष तामाङद्वारा जारी बक्तब्यमा उहाको निधनले एक शसक्त, जुझारु, कर्मठ र ईमानदार सहयोद्वा गुमाउनु परेको भन्दै शोक व्यक्त गरिएको छ ।
सामाजिक रुपान्तरणका निम्ति दृढ, अठोटका साथ आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक समाहाल्दै आउनु भएको तामाङको निधनले पहिचान जनित समग्र आदिवासी आन्दोलनमा अपुरनिय क्षति पुगेको बक्तब्यमा उल्लेख गरिएको छ । बक्तब्यमा स्वर्गीय तामाङले आदिवासी जनजातिका लागि गरेको योगदानको उच्च मुल्यांकन गर्दै श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजन प्रती समबेदना व्यक्त गरिएको छ । तामाङ को निधन प्रती नेपाल तामाङ धेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले र अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सन्जमान तामाङले समेत शोक बक्तब्य जारी गर्दै गहिरो दुख ब्यक्त गरेका छ्न ।
तामाङको पार्थिक शरीरलाई तामाङ परम्परा अनुसार उनको पुर्खौली घर स्थित चौदण्डीगढी नपा १ कंचनपुरमा अन्त्यष्टी गरिएको जनाएको छ । तामाङ एक बर्ष देखि फियो सम्बन्धि रोगबाट पीडित रहेका थिए । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ मा स्थायी बसोबास गर्दै आएको तामाङको श्रीमान र दुई छोरा रहेका छ्न ।
प्रतिक्रिया