अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ८ गते । कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ । आजदेखी अतिआवश्यक सेवा बाहेक सबै व्यवसायि बन्द हुदैँछ । तर घर भाडामा लिएर व्यापार गर्ने र दैनिक गुजरा गरेर जिविका चालउनेकलाई समस्या भएको छ । ब्यापारीहरुलाई चर्को भाडा कसरी तिर्ने र मजदुरी गर्नेहरुलाई दैनिक गुजरा कसी गर्ने बिषयले सताउन थालेको छ ।
कञ्चनरुप नगरपालिकाका बेरियर र बजारमा चर्को भाडामा ब्यापारीहरु बसीरहेका छन् । कञ्चनरुप नगरपालिका–८ बजारमा सुनचादी व्यवसायी मुकेश सोनीले कोरोनाको त्रासमा व्यापार चौपट भएको र अब बन्द हुने समयको भाडा छोड्नका लागि सबै व्यापारीहरुले एक जुट भएर अबाज उठाउनु पर्ने बताए । कञ्चनरुप नगरपालिका–८कै एक मजदुरले भने,‘हामी दैनिक रुपमा ज्याला मजदुरी गरेर खानेलाई झन बढी समस्या छ ।’
कञ्चनरुप नगरपालिका स्थित कञ्चनरुप ब्यापार संघका अध्यक्ष चन्दन गुप्ताले समेत घरघाडा छुटका साथै बेंैंकको ब्याज र विद्युतीय महसुलमा छुटका लागि पहले गर्ने बताए । पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेका छन् । यसैबीच, काठमाडौंको कलंकीका एक घरधनीले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन। आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको उनले फेसबुक मार्फत जनाएको छ ।
प्रतिक्रिया