अवलाेकित सामाचारदाता
काठमाडौं,चैत्र ९ गते । विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आजदेखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुनेछन् ।
नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस्तो सेवा आगामी चैत २१ गतेसम्म बन्द रहनेछन् । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज (आइतबार) देखि १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानमा पनि रोक लगाएको छ । तर, आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन् ।
यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गरिनेछ । विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएको छ ।
प्रतिक्रिया