अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र ९ गते । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि कञ्चनरुप नगरपालिकाले अतिआवश्यक सेवा (स्वास्थ्य,सरसफाई र दमकल) बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
कञ्चनरुप नगरपालिकाले आईतबार सूचना प्रकाशित गरी अतिआवश्यक सेवा बाहेकका सेवाहरु अर्को आदेश वा कोरोना भाइरसको प्रकोप न्यूनिकरण नभएसम्मको लागि बन्द गरिएको जनाएको छ ।
यसअघि धनुषा र महोत्तरीको प्रशासनिक कार्य तथा सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सुचना टाँसगरी जनाएका छन् ।
नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु तत्कालका लागि बन्द गरिएको सरोकारवालले जनाएको छ ।
नोवेल कोरोना भाइरस सर्ने सन्त्रास का कारण सप्तकोसी नगरपालिका भित्र लाग्ने साप्ताहिक हाटबजार फत्तेपुर हटिया,मङल हटिया,भगनी हटिया र बालार्दह हटिया चैत्र २१ गते सम्म बन्द गर्न नगरपालिका को निर्देशन दिएको छ ।
प्रतिक्रिया