अवलाेकित सामाचारदाता
बिरेन्द्र बजार, ९ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाले डेढ हप्तासम्म अतिआबश्यक बाहेकका सम्पुर्ण सेवा ठप्प पार्ने भएको छ । नोभल कोरोना भाईरस(कोभिड-१९) को जोखिम बढेसंगै गाउँपालिकाद्वारा सम्पुर्ण सेवा ठप्प पारेको हो । गाउँपालिकाद्वारा आईतवार एक सूचना जारी गर्दै चैत ९ देखी २१ गते सम्म सेवा ठ्प्प राख्ने जनाएको छ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीद्वारा हस्तारित जारी सूचनामा स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य चौकी हरु, बर्थिङ सेन्टर, सरसफाइ शाखा तथा सोसंग सम्बन्धित कार्यहरू बहेको सबै सेवा ठप्प रहने उल्लेख छ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि लामोदुरीबाट आउने सवारी साधनका यात्रुहरूको स्वास्थ्य जाँचका लागि जण्डोल स्थित होटलमा हेल्थ डेस्क राखिएको छ । कोरोनाको जोखिमबाट बाँच्न जनचेतनामूलक कार्यक्रम र सबै स्वास्थ्य चौकीहरुमा हेल्थ डेस्क राख्ने अध्यक्ष चौधरीले जानकारी दिए । यस्तै गरि गाउँपालिकाका हाटबजारलाई ब्याबस्थित गर्ने, होटल तथा पसलहरुमा अनुगमन गर्ने, भिडभाड हुने क्रियाकलापलाई बन्द गरिने र सरसफाइका लागि प्रचारप्रसार गरिने उनले जानकारी दिए ।
गाउँपालिकाले एक्कसी सेवा ठ्प्प गर्ने सुचाना टासगरेपछी सेवाग्राहीहरु अलपत्र परेका थिए । गाउँपालिकाको काम ठ्प्प पारेर कर्मचारीहरु बसेपछि विभिन्न काम लिएर गाउँपालिका पुगेका सेवाग्राहीहरु रितो हात फर्केका छ्न ।
प्रतिक्रिया