अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र १० गते । कोरोना भाइरस नियन्त्रण समन्वय समितिले कञ्चनरुप नगरपालिका–१२ रुपनगर र वडा नम्बर १०मा १० बेडको क्वारेन्टाईन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कञ्चनरुप नगरपालिको प्रमुख वसन्तकुमार मिश्र नेतृत्वको समन्वय समितिले नगरका विभिन्न ठाउँमा हाथ धुनका लागि पानी र साबुनको व्यवस्थ ागर्ने निर्णय गरेको छ ।
बैठकले कञ्चनपुर बेरियर पिपल चौक नजिक र बिराटनगर बस स्टेण्डमा
५०० लिटरको ट्याङ्की राख्ने र मलेठ,वलुवा, कञ्चनपुर बजार, बरमझिया, महादेवपटी चौकमा सरसफाईको किट सावुन, वाटा,बालटिन र मग राख्ने निर्णय गरेको छ ।
करोना भाइरस संक्रमण हुन नदिन नेपाल बाहिरबाट आएको र संकास्पद विरामीको लागि स्वास्थ्य चौकी बदगामा तथा रुपनगर स्वास्थ्य चौकीको अगाडी भवनको स्थलमा निरिक्षण गरि र पूर्व तयारी सम्पन्न गरी १० बेडको क्वारिन्टाईन संचालन गर्ने निर्णय गरेको छ ।
यसअघि आईतबार समितिको बैठकले स्वास्थ्यकर्मीहरुको सुरक्षा र आवश्यक सामग्रीबारे निर्णय गरेको थियो ।
प्रतिक्रिया