अवलोकित सामाचारदाता
कञ्चनपुर,चैत्र १० गते । कोरोना भाइरस नियन्त्रणका लागि अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने जिल्ला सुरक्षा समिति सप्तरी र नगरपालिकाले निर्णय गरेपनि सर्वसाधरणहरुले त्यसको अवज्ञा गरेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरुप नगरपालिका लगायत क्षेत्रमा अतिआवश्यक बाहेकका पसलहरु बन्द गराएका छन् ।अतिआवश्इक सेवा मात्रै संचालन गर्न भनिएपनि पान, चिया, मिठाई, मोवाइल,हार्डबेयर,चश्मा,चुरा लगाउने,कस्मेटिक पसलहरु पनि खुला राखेको थियो । प्रहरी टोली वनाउदै बन्द गराउदै जाने व्यापारीहरु खोल्दै जाने गरेको देखियो । ब्यापारका नाममा कोरोना बिरुद्धको अभियानलाई निश्प्रभावी बनाउे खेलमा व्यापारी र केही सर्वसाधरण समेत लागेको देखियो इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले भने,‘ यस्तो गम्भिर अवस्थामा ब्यापारी र जनता संयम हुनुपर्नेमा प्रहरीले पसल बन्द गराउँदै हिड्नु पर्ने अवस्था छ ।’ कञ्चनरुप नगरपालिका जस्तै राजविराजमा समेत ब्यापारीहरुले अभियानलाई निष्प्रभावी बनाउने प्रयास गरेका छन् ।
प्रतिक्रिया