लकडाउन उल्लंघन गरेपछि प्रदेश २ मा सेना र सशस्त्रको संयुक्त टोली परिचालन सरकारले आह्वान गरेको लकडाउन उल्लंघन भएको पाइएपछि प्रदेश २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । प्रदेश २ स्तरीय सुरक्षा समितिको निर्णयपछि सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएका हुन् । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार प्रदेश २ मा सेना र सशस्त्र गरी ६ हजार पाँच सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका हुन् ।
प्रतिक्रिया